अवैध सुनसहित विमानस्थलबाट २ जना पक्राउ

3 jana pakrau

काठमाडौँ । अवैध सुनसहित महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई रु सात लाख ५१ हजार ९३५ मूल्य बराबरको २४९ ग्राम र रानासँग रु पाँच लाख २६ हजार १८५ मूल्य बराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...