चिसो मौसममा बढि हुने निमोनियाबाट यसरी जोगिनुस

90 612031542023586

काठमाडाैं । चिसो मौसममा बालबालिकालाई बढि निमोनिया हुने डर हुन्छ ।  ६ महिनासम्मका बच्चालाई आमाको दूध मात्रै खुवाउने । त्योभन्दा माथिका बच्चालाई आमाको दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गर्नुपर्छ । यसले शरीरलाई अत्यावश्यक पौष्टिक तत्व प्राप्त हुन्छ, जो प्रतिरक्षा प्रणाली मजबुत बनाउन सहयोगी हुन्छ । सरकारले सुझाएका सबै खोप  बच्चालाई लगाउनुपर्छ ।


-जाडो मौसममा वातावरण प्रदूषण बढी हुने भएकाले खाना खुवाउनुअघि र बच्चाको सम्पर्कमा जानुअगाडि राम्रोसँग हात धुनुपर्छ ।
-चिसो समयमा सकेसम्म
भिडभाडमा नजाने । गए पनि मास्क प्रयोग गर्ने गर्नुपर्छ ।
-नियमित पोषणयुक्त खानेकुरा खाने । चिसो हटाउन सुप खान सकिन्छ । जसले रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
-आफ्नो निवासवरिपरिको वातावरण सधैँ स्वस्थ राख्ने गर्नुपर्छ । सकेसम्म बिहानको घाम ताप्ने गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस