लापरवाहीको पराकाष्ठ : अस्पतालले नै यसरी साटिदियो छोरा र छोरी

Child exchange seti hospital

धनगढी । कैलालीको गोदावरी नगरपालिकाकी काली खातीले अस्पतालमा छोरी जन्माइन् । तर, घरमा पुग्दा आफ्नो काखमा छोरा थियो । ‘म घरमा पुगेपछि बच्चाले दिशा ग¥यो, पखाल्न उसको लुगा फुकालेको त, छोरो देखेँ’ कालीले भनिन्, ‘त्यसपछि अचम्ममा परे, घरकालाई बताएँ, हाम्रो त छोरी भएको तर घरमा छोरा आयो’ कालीले भनिन् ।

यस्तो घटना भएको छ सेती अञ्चल अस्पतालमा । अस्पतालबाटै बच्चा साटिन्छन् भनेर पत्याउन कठिन हुन्छ । तर, सेती अञ्चल अस्पतालको लापरवाहीले बच्चा साटिदिएको पाइएको छ ।

सेती अञ्चल अस्पतालको लापरवाहीका कारण डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण एकापसमा साटिएको खुलेको छ ।

डडेल्धुराको आलितालकी भावनाले १७ दिनको विरामी नवजात शिशु (छोरा) लाई भदौ १७ मा सेती अञ्चल अस्पताल भर्ना गरेकी थिइन् । निमोनियाले ग्रसित उनका छोरालाई चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराएका थिए ।

सोही दिन अस्पतालको प्रसुती वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माइन् । उनको नवजात छोरीलाई पनि चिकित्सकले एनआईसीयुमा भर्ना गरे । त्यसको भोलीपल्टै काली खातीको बच्चा ठीक भएपछि उनलाई चिकित्सकले डिस्चार्ज गरे ।

एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टा,भित्रबाट भावना बोहराको १७ दिनको छोरो ल्याएर थमाई दिए । खातीले बच्चा लिएर धनगढीदेखि झण्डै २५ किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकास्थित जनुनाभाडीतिर लागिन् ।

सामान्य तथा एआईसीयु भित्र स्वास्थ्यकर्मी बाहेक अरु कसैलाई प्रदेश गर्न दिइँदैन । ‘अब हामीलाई भित्र जान दिँदैनन्, सेता लुगा लगाएकी एक नानीले बच्चा ठीक भइहाल्यो, घर जानु भनेर थमाइन्, हामी पनि बच्चा बोकेर घर गयौं’, काली खातीका श्रीमान् मेखराज खातीले भने ।

सेती अञ्चल अस्पतालले यस्तो गल्ती गर्ने स्वास्थ्यकर्मीको नाम बताउन मानेको छैन । सामान्य परिवारका मेखराजले आफुले कसैलाई नचिनेको बताउँदै सेता लुगा लगाएकी महिलाले बच्चा दिएको बताए ।

एनआईसीयुमा भेटिएका स्वास्थ्यकर्मीले भने आफूहरुले भावना बोहरा भनेर बोलाउँदा काली खातीकी आमा दिलु बोहरा आएर बच्चा लगेकाले यस्तो भएको बताएका छन् । काली खातीको माइती थर बोहरा हो । उनकी आमाले पनि बोहरा सुनेपछि बच्चा सामातेर घर गएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...