सरकारी खर्च कटौतीको घोषणा गरेका इमरान दैनिक हेलिकप्टरबाट जान्छन् अफिस !

Pakistan0

पाकिस्तान । सरकारी खर्च कटौतीको घोषणा गर्दै सुविधासम्पन्न प्रधानमन्त्री निवास त्यागेर सामान्य तीन बेडरुम भएको घरमा बस्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान यतिबेला आलोचनाको पात्र बनेका छन् ।

सार्वजनिक रुपमा सरकारी खर्च कटौतीको घोषणा गरेर सबैको स्याबासी बटुलेका उनी दैनिक हेलिकप्टर चढेर कार्यालय र घरसम्म ओहोरदोहोर गर्दै आएको रहस्य खुलेपछि आलोचनाको पात्र बनेका हुन् ।

१८ अगस्टमा प्रधानमन्त्री पदको सपथ लिए यता उनले दैनिक हेलिकप्टर प्रयोग गरी घरबाट कार्यालय र कार्यालयबाट घर जाने गरेको रहस्य खुलेको हो । पाकिस्तानी जनताले सोशल मिडियामा उनको सरकारी खर्च कटौतीका घोषणा ‘जनताको आँखामा धुलो हाल्ने प्रयास’ भएको टिप्पणी गरेका छन् ।

बढ्दो आलोचनाबीच पाकिस्तानका एक मन्त्रीले प्रष्टिकरण नै दिनु परेको छ ।

बानी गालास्थित निवासमा बस्दै आएका इमरान दैनिक प्रधानमन्त्री कार्यालयसम्म हेलिकप्टर चढेर जाने र हेलिकप्टरबाटै निवास फर्कने गर्दा कति सरकारी खर्च भइरहेको छ भन्नेबारे सर्वसाधारणले प्रश्न उठाउन थालेपछि मन्त्रीले प्रष्टिकरण दिएका हुन् ।

पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीका अनुसार प्रधानमन्त्री इमरानले हेलिकप्टर प्रयोग जनताको सुविधाका लागि गरेको दावी गरेका छन् । उनका अनुसार हेलिकप्टरमा प्रतिकिलोमिटर खर्च ५५ पाकिस्तानी रुपैयाँमात्र हुने गर्दछ । उनले सडक मार्गको तुलनामा हेलिकप्टर प्रयोग सस्तो पर्ने दाबीसमेत गरेका छन् । उनको यस्तो स्पष्टोक्तिले पाकिस्तानका सोशल मिडियामा प्रतिक्रियाको बाढी नै आएको छ । धेरैले उनको भनाइलाई ‘भद्दा मजाक’ भनेका छन् ।

मन्त्री चौधरीका अनुसार प्रधानमन्त्रीका रुपमा प्राप्त हुने सबै सुविधा इमरानले प्रयोग गर्न पाउँछन् । प्रधानमन्त्रीले हेलिकप्टर प्रयोग गर्दा सडक जाम हुँदैन र सर्वसाधारणले सास्ती पाउनु पर्दैन ।/uploads/Vadau/pakistan1.jpg

इमरानले प्रयोग गर्दै आएको सरकारी आवासबाट प्रधानमन्त्री कार्यालयसम्म जान स्थलमार्गमा तीन वटा विकल्प छन् । जिन्ना रोड हुँदै १३.८ किलोमिटरको एउटा बाटो छ । दोस्रो बाटो थर्ड एभेन्यु हुँदै १६.४ किलोमिटर लामो बाटो छ । तेस्रो बाटो मुरी रोड हुँदै १७.५ किलोमिटर लामो पर्दछ ।

उनको निवास र प्रधानमन्त्री कार्यालयको दुरी हवाई मार्गबाट ८ देखि १० नटिकल माइल पर्दछ । उनले डबल इन्जिन भएको अगस्टा वेस्टल्याण्ड हेलिकप्टर प्रयोग गर्दै आएको बताइन्छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...