कमला नदीले बगाएका दुई जनाको शव भेटियो

Saptari death body

सिरहा । कमला नदीले शनिबार बगाएका दुई किशोरको शव सोमबार भेटिएको छ ।

सिरहाको बन्दिपुर १ कमला नदीको उत्तरवाहीणीबाट शनिबार साउने पूर्णिको पानी भर्न गएका गोलबजार ४ निपनीयँका १५ वर्षका मन्जय महरा र राहुल राउतलाई बाढीले बगाएको थियो ।

महराको शव भारतीय सीमाक्षेत्रका बजार जयनगर नजिक कमला नदीको पुलमूनि फेला परेको छ, भने राउनको शव कर्जन्हा ७ स्थित कमला नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेल जानकारी दिए ।

दुवैको शव जिल्ला अस्पताल सिरहा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । कमला नदीले ३ जनालाई बगाएको थियो । जसमध्ये सिरहा औरही गाउँपालिका–३, तुलसिपुरका २० वर्षका कृष्ण महतोको शव आइतबार धनुषा क्षेत्रको कमला नदी किनारमा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...