किन आए आधुनिक हतियारसहित भारतीय सेना !

Indian army

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेकमा सहभागी हुन आउनु भन्दा चार दिन अगाडि तीन गाडीमा भारतीय आधुनिक हतियारसहित सेनाका तामिल प्राप्त अधिकारी काठमाडौँ आइपुगेका छन् ।

थप अरु पनि आउने र मोदीसँग पनि आउने बताइएको छ । कति भारतीय सेना आउछन् भन्ने कुरा भारतले अहिलेसम्म जानकारी समेत गराएको छैन ।

चौथो बिमस्टेक शिखर सम्मेलन र राष्ट्र प्रमुखको सुरक्षा नेपाली सेनाले गर्ने भएपनि मोदीले भने क्लोज प्रोटेक्सन सुरक्षाको लागि भन्दै भारतीय सुरक्षाकर्मी ल्याउने भएका छन् । त्यसैको पहिलो टोली शनिबार काठमाडौँ पुगेको हो ।

यही भदौ १४ र १५ गते काठमाडौँ हुन लागेको शिखर सम्मेलनमा मोदीको पहिलोर घेराको सुरक्षा भारतीय सुरक्षाकर्मीले नै गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमजोङ उनबीच सिंगापुरमा भएको वार्ताको सुरक्षाको जिम्मा नेपालीलाई दिइएको थियो । विश्वमा ‘बहादुर गोर्खा’ भनेर चिनिएका नेपाली र नेपालको सुरक्षा दिन सक्ने नेपाली सेनाको विश्वास नमानेर मोदीले आफ्नै सेनालाई सुरक्षाको लागि नेपाल ल्याउँदै आएका छन् । यसअघि नेपाल भ्रमणको बेला पनि आधुनिक हतियारसहित भारती सुरक्षाकर्मी ल्याएका थिए ।

तर, मोदीले नेपाली सेनामाथि विश्वास नगरेपछि भारतबाट दैनिक सुरक्षा सामग्रीहरु नेपाल आइरहेका छन् । मोदीका लागि २६ तारीखमा सी १७ कार्गाे जहाजबाट मोदी चड्ने बुलेटप्रुफ कार ल्याउन लागिएको छ । कारसँगै अन्य सुरक्षा ब्यवस्था र रेकी गर्न भारतीय कमाण्डो नेपाल पठाइएको छ । कमाण्डोसहित उनी लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपालले २५ हजार सुरक्षा फौज परिचालन गर्ने भएको छ । विदेशी पाहुनाको सुरक्षाका लागि ९ हजार नेपाली सेना, ४ हजार सशस्त्र, ९ हजार नेपाल प्रहरी परिचालन गर्न लागेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...