घरबाटै ८ महिने शिशुको अपहरण पछि हत्या ! कसले गर्‍यो होला त यस्तो कुकर्म

Sisu

महोत्तरी । आइतबार घरबाटै चोरिएकी ८ महिने शिशुको शव सोमबार भेटिएको छ ।

औरही नगरपालिका–१ स्थित एक बगैंचामा शिशुको शव भेटिएको हो । शिशुको शव भेटिएको औरही–१ का वडाध्यक्ष राजकिशोर चौधरीले पुष्टि गरे ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर  ८ महिनाकी सोनाली कुमारीलाई लिएर फरार भएको परिवारका सदस्यको भनाइ छ ।

शवको प्रकृति हेर्दा अपहरण पछि टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । अपहरणकारीले शिशुको हत्यापछि आँपको रुखको मुनि राखेको अवस्थामा शव फेला परेको हो । मृतक शिशुको नाकबाट रगत बगेको छ ।

अपहरणकारीले शिशुको शवसँगै आफूले लगाएको गम्छा, कट्टु, चश्मा सबै फालेर गएको भेटिएको छ । अहिलेसम्म शिशुको हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...