प्रदेश फुटाएर खसान प्रदेश बनाउन माग

Khasan

काठमाडौं । केही प्रदेशको नामाकरणसमेत भइसकेको अवस्थामा खसान राष्ट्रिय संघर्ष समिति हालको प्रदेश ६ र ७ लाई फुटाएर खसान प्रदेश बनाउन माग गरेको छ ।

सो संघर्ष समितिले हालको प्रदेश ६ र ७ का केही भागलाई थरुहट र अन्य भागलाई मिलाएर बनाइएको प्रदेशलाई खसान नामाकरण गर्न माग गरेको छ । उसले त्यसरी बनाइएको प्रदेशको राजधानी डोटी हुनुपर्ने माग पनि गरेको छ ।

खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले विज्ञप्ती जारी गर्दै प्रदेश नं. १ लाई लिम्बुवान र किँरात, ३ लाई ताम्सालिङ, ४ लाई तम्मुवान मगरात नामाकरण गर्न माग गरेका छन् ।

सो समितिले हाल सरकारले बनाइएको ७ वटा प्रदेशलाई अस्वीकार गर्ने घोषणा पनि गरेको छ । उसले सिल्पी समुदायका लागि गैरभौगोलिकसहित ११ वटा प्रदेश बनाउन पनि माग गरेको छ ।

खसान राष्ट्रिय संघर्ष समितिले खास आर्य कलस्टरलाई छुट्टाछुट्ट बनाई सबै तहमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरिनुपर्ने, सुदूरपश्चिमा बोलिने बोलिचालीको डोटेली भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाइनुपर्ने, मष्टो पर्वमा सर्वाजनिक विदा दिइनुपर्ने लगायतका माग पनि अघि सारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...