जोगाउला त शक्तिले पशुपति शमसेर जबरालाई ? जसलाई अदालतमा जालसाझीको मुद्दा छ

Pashupati samsher rana 4

काठमाडौं । राष्ट्रिय राजनीतिमा कुनै बेला राम्रै प्रभावमा थिए पशुपति शमसेर जवरा । तर, पछिल्ला केही वर्षयता उनको राजनीतिक जीवन ओरालो लाग्दै आएको छ ।

त्यसमा पनि गत वर्ष सिंगो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाएर नयाँ पार्टी बनाएपछि त उनको राजनीति ‘ओरालो लागेको हरिणको चाल भो’ भने झैं भएको छ ।

त्यसमा पनि पारिवारिक मुद्दा मामिलामा फसेपछि उनको राजनीतिमा नमेटिने दाग लाग्ने अवस्था आएको छ । अर्थात् पार्टी एकताको पहल भइरहेका बेला अंश बण्डा र जालसाझीको मुद्दा पर्दा पार्टीभित्रै आलोचना खेप्नुपरेको छ ।

राष्ट्रिय राजनीतिका चर्चित पात्र पशुपति समशेर राणाविरुद्ध जिल्ला अदालत काठमाडौंमा जालसाझी मुद्दा चलिरहेको छ । पशुपति समशेर जंगबहादुर राणाले दिदीको मृत्यु भएको १ वर्षपछि वारेशनामाको आधारमा जालसाझीपूर्ण तरिकाले जग्गा श्रीमतिको नाममा पास गरेको भन्दै साउन १७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । यो उनको दोस्रो मुद्धा हो ।

दिव्य समशेर राणासँग अंश बण्डाको मुद्दा खेपिरहेका छन् । दिव्य समशेरले २०७२ माघ १० मा पशुपति समशेर राणालाई प्रतिवादी बनाउँदै अंशसम्बन्धी दावी मुद्दा दायर गरेका थिए । जुन मुद्दा उनको लागि टाउको दुखाईको विषय बनेको छ ।

धाउँदै शक्ति केन्द्र
श्री ३ चन्द्र समशेर जबराका नाति विजय समशेरका छोरा पशुपति समशेरको भारतीयसँग राम्रै हिमचिम छ । त्यति मात्रै होइन, उनका आफन्त जति धेरै भारतमै छन् ।

तर, पशुपति समशेर राणाले आफुविरुद्ध जालसाझीको मुद्दा परेपछि सो मुद्दालाई गुपचुप पार्न भारतीय नेता समेतलाई गुहार मागिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष समेत रहेका राणाले आफुविरुद्ध जालसाझीको मुद्दा परेको थाहा पाएपछि सो मुद्दालाई गुपचुप रुपमा मिलाउने गरी सोर्स फोर्स लगाइहेका छन् ।

दिदीको मृत्यु भएको १ वर्षपछि वारेशनामाको आधारमा जालसाझीपूर्ण तरिकाले जग्गा श्रीमतिको नाममा पास गरेको भन्दै साउन १७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

यही मुद्दा मिलाउन राणाले भारतीय नेताहरुको गुहार मागेका छन् । उनले भारतीय नेता करन सिंहसँग पटकपटक सम्पर्क गरेर मुद्दा दायर गर्ने दिब्य समशेरसँग कुरा मिलाइदिन आग्रह गरेका छन् । सिंह उनका नातेदार पनि हुन् ।

त्यो त भारतीय नेतासँगको कुरा भयो । राणाले आफुलाई जोगाउन आफ्ना कानुन व्यवसायी र राजनीनिक तवरले पनि पहल गरिरहेका छन् । स्रोत भन्छ, राणाले सरकारमा रहेका केही उच्च नेतासमक्ष पनि मुद्दाको विषयमा कुराकानी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...