मनोजले कसलाई भने किन हो किन ? हेर्नुस् भिडियो

Manoj rai

काठमाडौं । पूर्वेली संगीतकार मनोज साङ्सोन राईले पछिल्ला दिनमा निकै चर्चा पाइरहेका छन् । उनले सांगीतिक क्षेत्रमा चर्चा कमाउनुको एउटै मात्र कारण हो फरक शैलीको गीत संगीत पस्किुनु ।

उनी आफैं पनि राम्रा गायक हुन् । तर, उनी अहिले गायकभन्दा पनि संगीतकारको रुपमा परिचित बन्न थालेका छन् । यसैको उदाहरण हो ‘किन हो किन’ ।

संगीतकार राईको संगीतमा तयार भएको गीत ‘किन हो किन’ सार्वजनिक भएको छ । यसमा टिकाराम बादिहाङको शब्द छ । किन हो किनमा गीतमा डि प्रतिमा बिकको स्वर छ ।

फो वान रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको किन हो किनलाई मनोज आफैंले संगीत संयोजन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस