साउथ युकेद्धारा गीत लेखन गोष्ठी सम्पन्न

Bhanu jyanti

काठमाडौं । भानुजयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले आइतबार गीत लेखन गोष्ठी सम्पन्न गरेको छ ।

साहित्य महासङ्घ साउथ युकेका अध्यक्ष करिष्मा घमको सभापतित्वमा भएको गोष्ठीमा गीतकार भावेश भुमरीले गीत लेखनबारे प्रशिक्षण दिएको थियो ।

भानुजयन्तीका अवसरमा याक्यान्टवरी युनिभर्सिटीमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलन तथा साहित्य महासङ्घ स्थापनाको आठौँ वार्षिकोत्सव मनाइँदैछ ।

आदिकवि भानुभक्तका बारेमा सन्ध्या गुरुङ र लाहाङ चेम्जोङले भने । सम्मेलन सहसंयोजक विजय हितानले विश्व सम्मेलन मनाउन आयोजक तथा व्यवस्थापक समिति विस्तार गरी ५७ सदस्यीय बनाइएको जानकारी दिए ।

साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले सम्मेलन सम्पन्न गर्न सबैलाई सहयोगका लागि आह्वान गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...