दुवाल र कसपाल फेडोल पुरस्कारबाट पुरस्कृत

Fedol sammal

काठमाडौं । यो वर्षको फेमकुमारी डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको फेडोल उत्कृष्ट सिर्जना पुरस्कारबाट मोहन दुवाल र अधिश्री कसपाल सम्मानित भएका छन् ।

फेडोल उत्कृष्ट सिर्जना पुरस्कारबाट ‘अक्षर बिम्बहरू’ पुस्तकका सर्जक मोहन दुवाल र फेडोल नव प्रतिभा पुरस्कार ११ वर्षे गायक अधिश्री कसपाललाई प्रदान गरिएको हो ।

फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान र साँस्कृतिक संस्थान सहआयोजनामा भएको फेडोल पुरस्कार २०७५ एवं साहित्यिक विमर्श कार्यक्रममा उनीहरुलाई शुक्रबार सम्मान गरिएको हो ।

सो पुरसकार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे मोहन दुवाल साहित्यका बहुमुखी प्रतिभा भएको र अधिश्री कसपालले सानो उमेरमा गायन क्षेत्रमा उल्लेखनीय कार्य गरेकाले दुबै पुरस्कृत व्यक्तिहरू पुरस्कृत हुन योग्य रहेको बताए ।

वरिष्ठ साहित्यकार राममणि ढुंगेलले आफ्ना माता पिताका नाममा पुरस्कार स्थापना गरेका हुन् । ढुंगेलले संस्था स्थापना र पुरस्कारका बारेमा स्पष्ट पारेका थिए ।

फेमकुमारी डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलकोसभापतित्वमा भएको सो कार्यक्रममा प्रतिष्ठानका सदस्य खड्गबहादुर श्रेष्ठ, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा लगायतले नेपाली साहित्यको बारेमा चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस