तीजमा खुमन र उमाले कसरी बर्साउलान् ‘असिनापानी ? हेर्नुस् भिडियो

Ashina pani vedio

नवलपुर । नेपाली नारीहरुको चाड तीज आउन अझैं केहि समय बाँकी नै छ । तर, नेपाली सांगीतिक बजार तीजका गीत छ्यापछ्याप्ती आइरहेका छन् । यसै क्रममा ‘असिनापानी’ आएको छ ।

तीज आउनै लाग्दा गायक गायिकालाई गीत बजारमा ल्याउन निक्कै चटारो पर्न थालेको छ । किसान खेतमा व्यस्त भएझैं यतिवेला तीजमा लोकप्रिय बन्न गायक गायीकाहरु व्यस्त छन् ।

यसैको चटारोमा रहेका यतिवेला गायिका उमा गिरी र गायक खुमन अधिकारी पनि । उमाको प्रायः गीतहरुमा खुमनले साथ दिँदै आएका छन् । यो वर्षको तीजको गीत ‘असिनापानी’ मा पनि खुमनले उमालाई साथ दिएका छन् ।

‘मुटुनै हल्लीयो’ ‘झ्यालको पर्दा खोल’, ‘डाक्टर साव’, ‘पूर्णिमाको जुन’, ‘खोटी कर्म’ जस्ता लोकगित र ‘नक्कली गहनाले पल्कायो चोर’ तीजको गीत उमा र खुमन मिलेर ल्याएका छन् ।

‘नक्कली गहनाले पल्कायो चोर’ दर्शकले मन पराएपछि अधिकारी र गिरीको तीज विशेष लक्षित गरी नेपाली नारीहरुको महान पर्व तीजको पूर्व सन्ध्यामा ‘असिनापानी’ बोलको गीत ल्याएका छन् ।

‘असिना पानी’मा लय तथा शब्द नेत्र अर्यालको छ । गीत ‘असिनापानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो । उमा र खुमनको स्वरमा रहेको ‘असिनापानी’ को गीतको म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस