सकियो ‘अदालत’ को छायांकन

Adalat film

काठमाडौं । निर्देशक दिनेश लिङदेनद्धारा निर्देशित चलचित्र ‘अदालत’ को छायांकन सकिएको छ ।

फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरमा निर्मित चलचित्र ‘अदालत’ मा समाजमा देखापरेका महिला हिंसा, हत्या, अपहरण लगायतका विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश दिइएको छ ।

‘फिल्मको विषयवस्तु नै अपराधीलाई कारवाही गर्दै अदालतले कसरी पीडितलाई न्याय दिन्छ भन्ने सन्देश दिनेछ,’ उनले भने, ‘हामीले फिल्ममार्फत अदालतको न्याय प्रक्रियालाई देखाउन खोजेका छौं ।’

निर्देशक दिनेशकै कथा रहेको चलचित्रमा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरे लगायतको अभिनय छ ।

मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राईको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको द्वन्द्व, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक निर्देशक र विक्रम डिसीको छायांकन छ ।

चलचित्र नेपाली समुदायको बाहुल्यता रहेका विभिन्न मुलुकमो प्रदर्शन गरिएपछि मात्र नेपालमा प्रदर्शन हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...