किन ल्याए २५ वर्षपछि भीमसेनले कान्छी ? हेर्नुस् भिडियो

Vimsen lama

काठमाडौं । २५ वर्षअघि चर्चित गायकहरु ओमविक्रम विष्ट, सञ्जय श्रेष्ठ, संजीव प्रधान, हरिश माथेमा र योगेश्वर अमात्यसँगै कार्यक्रमहरुमा गीत गाउँदै हिड्ने गर्थे भीमसेन लामा । तर, उनी एकाएक हराए ।

लामो समयसम्म हराउँदा स्रोताले पनि भुलिसकेका थिए । तर, उनी २५ वर्षपछि पहिलेकै जोस र जागरका साथ फेरि सांगीतिक क्षेत्रमा उदाएका छन् ।

उनको पहिलो गीत थियो ‘मुसुक्क हाँसी दिँदा ज्यानै लुट्यो’ भन्ने । अहिले नयाँ गीत ‘हे कान्छी’ बोलको गीतमार्फत स्रोतामाँझ आएका छन् । मंगलबार नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यक व्यक्तित्व लक्ष्मी शर्माले सो गीत सार्वजनिक गरिन् ।

विकाश सिलवालको शब्द र संगीत रहेको ‘हे कान्छी’ को भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका छन् । भिडियोमा पूर्णिमा लामा, दोर्जे लामा र एलिना गुरुङलाई फिचरिङ गरिएको छ । विकास भुजेलको एरेञ्ज, दिनेशजंग राणाले सम्पादन गरेको गीतको भिडियोलाई भकारी एमडीसीले बजारमा ल्याएको हो ।

सो गीतको सार्वजनिकीकरणमा वरिष्ठ लोक गायक कुमार बस्नेत, कलाकार उत्तम केसी, भकारी एमडीसीका प्रमुख तथा गीतकार बसन्त वित्यासी थापा, मिलापका कृष्ण भुसाल, निर्देशक संजय पाण्डे, काठमाडौं महानगरपालिका ३ का वडा अध्यक्ष दीपक केसी लगायतले भीमसेन टी लामालाई नयाँ आगमनका लागि बधाई तथा शुभकामना दिएका थिए ।

मिलाप मासिकको आयोजनामा भएको कार्यक्रमको सहजीकरण मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...