सञ्चारकर्मी र नायीकाको प्यार तीजको गीतमा

Gita sarika

काठमाडौं । कलम चलाउने सञ्चारकर्मी र चलचित्र नगरीमा रमाउने नायीका मिलेर तीजको कोशेली ल्याउन लागेका छन् ।

सञ्चारकर्मी गीता अधिकारीको शब्द र सारिका घिमिरेको स्वरमा तीज गीत आउँदै छ । ‘दुःख पीर नमान सधैं आउने तिज हो’ बोलको गीतको रेकर्डिङ सकिएको छ ।

अधिकारीले लेखेको तीजको गीत पहिलो हो । उनले यसअघि गीत गजल, कविता र कथाहरु लेख्दै आएकी थिइन् । तर, रेकडिङ भएको गीत भने यो पहिलो नै हो ।

दीपक शर्माको संगीत रहेको नयाँ गीतमा नायीका भएर पनि राम्रो गायीकाको परिचय बनाउने सारिका घिमिरेले स्वर दिएकी छन् । यो गीतको संगीत संयोजन भने सुदीप सागरले गरेका छन् ।

बसुन्धरा भुषाल, भुवन चन्द, सारिका घिमिरे लगायतले अभिनय गर्दैछन् । चाडै गीतको म्युजिक भिडियो सार्वजनिक गरिने अधिकारीले बताइन् । उनले तीजका गीत रुने मात्रै नभई चेतनामुलक हुनुपर्छ भनेर प्रेरणादायी गीत लेखेको बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...