यि हुन् डान्स रियालिटी शोका टप थ्री प्रतिष्पर्धी, विजेताले पाउनेछन् २५ लाख

Top 3

काठमाडौं । डान्स रियालिटी शो, ओपो बुगी वुगी सिजन–१ कार्यक्रमका टप थ्री प्रतिष्पर्धीको घोषणा भएको छ। गत शुक्रवार दर्शक भोटिङका आधारमा कार्यक्रम मार्फत अन्तिम ३ प्रतिस्पर्धीका रुपमा कविता नेपाली, प्रगती पुन र सरोज मोक्तान छनोटमा परेका छन्।

बुगी वुगी रियालिटी शो सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोद्वारा प्रमुख प्रायोजन गरिएको नेपालकै पहिलो अन्तरर्राष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन कार्यक्रम हो। नेपालका यूवा प्रतिभालाई प्रतिभा प्रस्फुटनका लागि नयाँ मञ्च प्रदान गर्दै नेपाललाई सम्भावना बोकेका नयाँ कलाकार पस्कने कार्यमा सफलताले निकै प्रोत्साहित बनाएको आयोजकले जनाएका छन्।

‘एपी वानसँगको सहकार्य मार्फत अघिल्लो वर्ष नेपाल आयडल र यस वर्ष बुगी वुगी मार्फत सफलतापूर्वक हामीले देशलाई धेरै यूवा कलाकार दिन सफल भएका छौँ।’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘कुनैपनि कार्यक्रमको प्रायोजन गर्दा देशका यूवा पुस्ताले त्यसको प्रत्यक्ष लाभ उठाउन सकुन् भन्ने हाम्रो चाहना हुन्छ।

दर्शक माझ कार्यक्रम तथा यसमा सहभागी प्रतिभाकोे बढ्दो लोकप्रियताले हाम्रो उद्देश्यमा हामी सफल भएको हामीले मानेका छौँ।’ ओपो बुगी वुगीका विजेताले नगद रु २५ लाख प्राप्त गर्नेछन्।

त्यसैगरी, दोस्रो हुनेलाई रु ६ लाख र तेस्रो हुनेले रु ४ लाख पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको अन्तिम प्रतिस्पर्धा र विजेताको घोषणा यही अगष्ट ४मा दर्शकको भोटका आधारमा गरिने छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...