माधुरी दिक्षीतबाट प्रभावित कबिता डान्समा धुम मच्चाउँदै

Kabita

बुटवाल । बुटवलकी कबिता न्यौपाने यतिबेला डान्स नृत्य संगीतमा धुम मच्चउँदै छिन् । बुटवल उपमहानगरपालिका– ४ट्राफिक चौककी कबिताले हालै मात्र मणि मुकुन्दसेन कलेजबाट इंटरमिडिएटको परीक्षा पास गरेकी छिन् ।

कबिता बागेश्वारी सगिंतालयको बिधार्थी पनि हुन् । कबितालाई सानैदेखि नृत्यमा रुचि रहेकोले उनी २०७४ चैत्रबाट शुरु भाएको Boogie Woogie Reality Show मा हजारौभन्दा बढि डान्स अर्थात् नृत्य कलाकारहरुलाई पछि पार्दै टप १८ सम्म पुग्न सफल भएकी थिइन ।

बिगत १४ बर्ष भन्दा बढी समयदेखि नेपालका बिभिन्न जिल्लाहरुमा आफनो प्रस्तुति दिदै धेरै मानिसहरुको मुटु जित्न सफल भएकी छिन् ।

मेरो बाल्यकाल देखिनै नृत्य तथा संगीतमा धेरै नै रुचि रहेको बताउने कबिता भन्छिन् ‘मैले मधुरी दीक्षितबाट सिकेर म मधुरी दिक्षित जस्तो डान्सर बन्न चहान्छु । प्रोफेशनली म नेपालको बिभिन्न ठाँउ ठाँउमा स्टेज तताउदै आफनो कलाले सबैको मुटु जित्न सफल भएकी छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...