निर्वाचनमा हारेका मेहता मोडलिङमा

Mehta

सप्तरी । स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिक नेपालबाट मेयर पदमा निर्वाचन लडेका मेहताले शुरुवाती अग्रता लिए पनि जित्न सकेनन् ।

चुनावका लागि करिब १ महिना खटेर ३ हजार ४ सय मत ल्याएका उनै मेहता भने अहिले मोडलिङतर्फ लागेका छन् । ‘अब राजनीतिक सँगसँगै कला, संस्कृति र मोडलिङलाई पनि अँगाल्नेछु’ टेलिफोनमा मेहताले भने, ‘फिल्ममा अभिनय गर्ने मेरो चाहना रहेको छ ।’

हालै एक म्युजिक भिडियोमा अभिनय गरेका छन् उनले । प्रमोदराज न्यौपाने र निशा देसारको स्वर रहेको ‘भेट भयो तिमीसँग, म परे माया जालैमा‘ बोलको गीतमा मेहताले रोशना कार्कीसँग अभिनय गरेका छन् ।

‘मेरो घरको छानो’ एल्बममा संग्रहित गरिएको यो गीतको छायांकन बेलायतको लण्डनमा हालै गरिएको छ ।

इनरुवा नगरपालिका ७ निवासी मेहताको काठमाडौंको कोटेश्वरमा होटेल तपोवन सञ्चालनमा रहेको छ । यो होटल सञ्चालन गरिरहँदा मेहताले समाज सेवालाई पनि अँगालेका छन् । उनले बाढीपीडित, अग्निपीडितदेखि बच्चा पाल्न नसकेका आमाहरुलाई पनि सहयोग गरेका छन् ।

उनलाई जनताले राजनीतिक कार्यकर्ताका साथै समाजसेवीको रुपमा चिनेका छन् । ‘तर अब मेरो परिचय अर्काे पनि बन्यो’ हाँस्दै उनले भने, ‘अब चाँडै नै नेपाली फिल्ममा पनि देखापर्नेछु ।’

उनले अभिनय गर्नका लागि निर्देशकहरुसँग कुराकानी भइरहेको बताए । अभिनय सँगसँगै राजनीतिक गतिविधिलाई पनि निरन्तरता दिने सोच उनको छ । ‘एक पटक हारें केही छैन, जनताले पुनः माया गर्नेछन् भन्ने विश्वास छ’ मेहताले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...