गुल्मीको तपोभुमी रेसुङ्गामा १ महिने साउने मेला सुरु

Gulmi

गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचारप्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा मेला सुरु भएको छ ।

गुल्मीको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिना सम्म मेला सुरु गरेको हो ।

धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पूजा संञ्चालन आयोजना गरिएको रेसुङ्गा संरक्षण समितीका उपाध्यक्ष नवराज भुसालले जानकारी दिए ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औषि, एकादसीका दिन बिशेष मेला लाग्ने मन्दिर व्यावस्थापन समितिले जनाएको छ ।

धार्मिक स्थल रेसुङ्गमा पूजाआज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा पुग्ने गर्दछन् ।

रेसुङ्गा स्थित पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ । मंगलवार पहिलो दिन झनै बिशेष श्रद्धालु भक्तजनको बिहानैदेखि घुइचो लाग्ने गर्दछ ।

धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ ।

केहीवर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गा सबै महत्वले भरिपुर्ण भएपनी पोखरी सम्म पुग्ने बाटो पक्की भए अझ बढी पर्यटक आउने स्थानिय बताउँछन् । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...