लोकेन्द्रको कोशेलीमा ‘मुहार भल्केको’ छ त ? हेर्नुस् भिडियो

Lokendra sapkota

कपिलवस्तु । तीज आउन झण्डै दुई महिना बाँकी छ । तर, नेपाली कलाकारलाई तीजले निक्कै व्यस्त बनाएको छ । उनीहरुलाई तीजका गीत रेकर्ड गर्न र म्युजिक भिडियो बनाउन भ्याइनभ्याई छ ।

यसैक्रममा गायक लोकेन्द्र सापकोटाले ‘मुहार झल्केको’ बोलको तीजको गीत सार्वजनिक गरेका छन् ।

‘मुहार झल्केको’ मा सापकोटाकै लय, शब्द र स्वर छ । यो गीतमा जमुना सापकोटा तिवारीले गायनमा साथ दिइकी छन् । टंक केसीको छायांकन रहेको सो गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

आशिष म्युजिकले बजारमा ल्याएको सो गीतको म्युजिक भिडियोमा मदन खडका, रिना थापा, अनु र गणेशको अभिनय देख्न सकिन्छ ।

Video

प्रतिकृया दिनुहोस