के छ ध्रुवको ‘जित पडी जाउ’ मा ? हेर्नुस् भिडियो

Jit padi jau

काठमाडौं । पछिल्ला केही समययता लोकलयमा आधारित गीतले बजार पाइरहेको छ । त्यसमा पनि क्षेत्र विषेश तयार भएका गीतले राम्रो बजार पाउने गरेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा देउडा गीतलाई मेची महाकालीकै स्रोताले मन राउँछन् । भलै पूर्वका स्रोताले भाषा नबुझ्लान् । तर यसभित्रका शब्द भन्दा पनि संगीतलाई सुनेर पनि मन पराउँछन् ।

सबै गीत नृत्य गर्न लायकका हुँदैनन् । केही गीत नृत्यकै परिकल्पना गरेर सिर्जना गरिएका हुन्छन् । यस्तै नृत्यका लागि उपयुक्त गीत आएको छ । त्यो पनि देउडा शैलीमा ।

‘जित पडी जाउ’ नेपाली गीत हो । यसलाई स्वर दिएका छन् ध्रुव विश्व र मिना थापाले । यो नृत्यका लागि भनेर नै सार्वजनिक गरिएको छ । यसको संगीत पनि ध्रुव विश्व कै छ ।

सञ्जय विश्वको शब्द सिर्जना, सुमन केसीको संगीत संयोजन रहेको ‘जित पडी जाउँ’ को गीतको म्युजिक भिडियोलाई शिव विकले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्मा सम्पादित म्युजिक भिडियोमा युवा पुस्तामाझ चर्चामा रहेका नायक पुष्प खड्काले अभिनय गरेका छन् । उनलाई सुक्मितले साथ दिएकी छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...