बेहोसीमै किन लागे मुकेश र राजन सृष्टिसँग ? हेर्नुस् भिडियो

Bihosi mai song

काठमाडौं । आजभोली दैनिक रुपमा गीतका म्युजिक भिडियो बजारमा आउने गर्छन् । दैनिक रुपमा आउने केही भिडियोहरु दर्शकको मनमा बस्न नपाउँदै युट्युवमै सीमित हुन्छन् ।

कतिपय गीत भने बजारमा आउने बित्तिकै दर्शकको मनमा बस्छन् । ‘बेहोसीमा लौ तिमीतिरै’ त्यही श्रेणीमा पर्छ । जुन गीतको म्युजिक भिडियो शुक्रबार मात्रै सार्वजनिक भएको छ ।

दिक्षा क्रियसनले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा मुकेश अधिकारी, राजन लामिछाने र सृष्टि खड्काले सिन रोमान्स गरेका छन् । जसमा दर्शकको मनमा बस्नेगरी स्वर दिएका बहुचर्चित गायक प्रमोद खरेलले ।

बाबुल गिरीको संगीत र मेघ मिश्रको शब्द रहेको रोमान्टिक गीतको म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस