नेपथ्यको फर्ज फिराद र करार अभियुक्त म

Ganesh chinchan

नेपथ्यमा बसेर
मेरा करार हितैषीहरूले
दोष सावितिको लागि
दर्ज र फर्ज
फिराद मस्यौदाको
तोकादेशमा
संवेदनाहीन
बन्द कोठामा
थुनुवा गरिएको
एक करार अभियुक्त म !

 

मेरा करार
हितैषी मीरहरूले
थापेको धरापमा परी
सख्त जखम भएर
थङथला परेको यसबेलामा
म सुन्छु
केही मुठ्ठीभर
नादान र मुर्दा मीरहरूले
निक्सन फुकालेर
खुशी बाँढिरहेका छन् रे
मलाई निष्शेष भएको
घोषणा गरिरहेका छन् रे
जितको परितृष्टि बाँढिरहेका छन् रे ।

 

संस्थागत लेनदेनको बिषयमा
करणीको आत्म भरेर
मलाई फसाउने
तिम्रो योजना
निस्काम हुनेछ
मैले पेश गर्ने
बकपत्रको आत्मलाई
न्यायालयले मार्ने छैन ।

 

मलाई विश्वास छ
मविरूद्द रचिएको
तिम्रा झुठो फिरादले
मेरो न्यायलाई
कतै पनि
बन्धक बनाउन सक्ने छैन
किनकी
म विरूद्धको
तिम्रो अन्तिम जालसाजी हो यो ।

 

यसअघि पनि
कयौंपटक
मविरूद्ध
दोषी करार गर्दै आएका छौं
कयौंपटक
मिथ्या र फर्ज हतियारले
मलाई घाइते बनाउँदै आएका छौं
तर
म कहिल्यै मरिनँ
बरू बारम्बार
सन्नद्ध बन्दै आएको छु ।

 

मानौं
यो देवासुर संग्राम हो
हस्तिनापुरको लडाइँ हो
थाहा छैन
यो लडाइँ
तिमी जित्छौ या म
तर
म हजार कोशिस गर्ने छु
अभिमन्यु बनेर
तिम्रा जालसाजी र प्रपञ्चहरू तोड्न
म हजार प्रयास गर्ने छु
तिम्रा षड्यन्त्र र चक्रब्युहहरू तोड्न
म यतिबेला
सख्त घाइते बनेको छु ।

 

नेपथ्यबाट
तिमीले चलाएको गोलीले
मुटु त छोयो
तर
मुटु छेडेको छैन
त्यसकारण,
मलाई विश्वास छ
नेपथ्यमा तिमीबाट रचित
मृषा फिरादलाई
न्यायालयले खारिज गरिदिने छ ।

(जेठ २५ मा प्रहरी हिरासतमा रहँदा चिन्तनद्धारा लेखिएको कविताको केही अंश )

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...