पुजन आए ‘तिमीबिना’ भन्दै, हेर्नुस् भिडियो

Pujan ewahang

काठमाडौं । नेपाली गायन क्षेत्रमा निक्कै ठूलो आसलाग्दो सपना बोकेर उदाएका छन् पुजन इवाहाङ लिम्बु ।

उनै इवाहाङको स्वरमा सजिएको गीत ‘तिमीबिना’ बजारमा आएको छ । यसलाई संगीतमा रुपान्तरण गरेका छन् संगीतकार मनोज साङसोङ राईले ।

‘तिमीबिना’ को शब्द पनि मनोजले नै सिर्जना गरेका हुन् । संयोजक बिष्णु अधिकारीको संगीत संयोजनमा तयार भएको सो गीत करीब अढाई वर्ष अगाडिको सिर्जना गरिएको संगीतकार राई बताउँछन् ।

पुजनले गाएको गीतले भन्छ,

मलाई माया गर्ने मान्छे अरु को छ र ?
मलाई साथ दिने मान्छे अरु को छ र ?
तिमीबिना तिमीबिना
तिमीबिना तिमीबिना ।

Video

प्रतिकृया दिनुहोस