आज अर्जेन्टिना र फ्रान्स भिड्दै, पोर्चुगलको रोचक प्रतिष्पर्धा उरुग्वेसँग

World cup fifa

काठमाडौ‌ । विश्वकप फुटबलको प्रि–क्वार्टरफाइनलका खेल आजबाट सुरु हुँदै छ । शनिबारको पहिलो खेलमा सन् १९९८ को विश्व विजेता फ्रान्स र दुईपटकको विश्व च्याम्पियन अर्जेटिना भिड्दै छन्।

त्यसैगरी, शनिबार राति नै उरुग्वेले पोर्चुगलको सामना गर्नेछ। अर्जेन्टिनाका स्टार खेलाडी मेसी चौथोपटक विश्वकप खेलिरहेका छन् तर उनी अर्जेन्टिनालाई विश्वविजेता बनाउने लक्ष्यका साथ रसियामा उत्रिएका छन्।

ब्राजिलमा भएको अघिल्लो विश्वकपको फाइनलमा अर्जेन्टिनालाई जर्मनीले हराएको थियो । त्यसैले पनि शनिबारको खेलमा अर्जेन्टिनाले संवेदनशील भएर खेल्नेछ । 

फ्रान्स र अर्जेन्टिनाबीच अहिलेसम्म ११ पटक भेट भएको छ । जसमा २ खेलमा फ्रान्सले जितेको छ भने २ खेल बराबरीमा टुंगिएको छ । फ्रान्स ६ पटक अर्जेन्टिनासँग पराजित भएको छ । पछिल्लोपटक सन् २००९ मा यी दुईबीच भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फ्रान्सलाई २–० ले हराएको थियो।

फिफा विश्वकपमा १९७८ मा अर्जेन्टिनाले फ्रान्सलाई २–१ ले हराएको थियो । जारी विश्वकपमा भने फ्रान्स अर्जेन्टिनालाई निराश बनाउने लक्ष्यमा छ । समूह चरणको खेललाई हेर्ने हो भने अर्जेन्टिनाको प्रदर्शन उत्कृष्ट छैन । नवप्रवेशी आइसल्यान्डसँग बराबरी खेलेको अर्जेन्टिनाले क्रोएसियासँग ३–० को हार बेहोरेको थियो।

नाइजेरियासँग जित निकालेर ऊ नकआउट चरणमा प्रवेश गरेको हो । त्यसैगरी, फ्रान्सले पनि समूह चरणको खेलमा तीन गोल मात्र गर्न सक्यो । डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ । अर्जेटिनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा फ्रान्सलाई ६–३ ले लिड गरेको छ।

उरुग्वेविरुद्ध पोर्चुगल
उरुग्वेका डिएगो गोडिन जारी विश्वकपका उत्कृष्ट डिफेन्टरमा पर्छन् । उनको पोर्चुगलविरुद्ध शनिबार हुने खेलमा मुख्य लक्ष्य भनेकै पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोलाई रोक्ने हुनेछ । रोनाल्डोले विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट खेल खेल्दै चार गोल गरिसकेका छन् । जसमा एउटा ह्याट्रिक पनि छ । यसका साथ उनले ८५औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । युरोपियन खेलाडीको यो अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड हो।

पोर्चुगल र उरुग्वेबीच अहिलेसम्म दुईपटक भेट भएको छ । पोर्चुगलले एकपटक जितेको छ भने एकपटक बराबरी भएको छ । पछिल्लोपटक सन् १९७२ मा यी दुईबीच भएको खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसैगरी, सन् १९६६ मा पोर्चुगलले उरुग्वेलाई ३–० ले हराएको थियो।

उरुग्वेका मुख्य खेलाडी लुइस स्वारेजले अहिलेसम्म विश्वकपमा ७ गोल गरेका छन् । उनी कुनै पनि समय खेललाई परिवर्तन गर्न सक्ने खेलाडी हुन्, जुन पोर्चुगलका लागि खतरा हुन सक्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...