प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङमा सुमित्रा र नन्जा सेमिफाईनल प्रवेश

Baksing khel

काठमाडौं । प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीकी सुमित्रा बिक र एपीएफकी नन्जा बुढामगर सेमिफाईनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो दिन महिला ४८ केजीको क्वाटरफाईनल खेलमा सुमित्राले झापाकी रोशिना लिम्बुलाई तथा नन्जाले नक्सालकी सुस्मा तामाङलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

४८ केजी तौल समूहमा अल्फाकी बिमला थापामगरले बाँकेकी रिता दरलालाई तथा एपीएफकी साबित्री तामाङले भक्तपुरकी अस्मिता दुवाललाई हराउँदै सेमिफाइनलमा पुगे ।

केजी तौलसमूहमा आर्मीकी आरती तामाङ, गिताकुमारी थापा, एपीएफकी माला राई र मकवानपुरकी सन्जुमाया थिङ पनि सेमिफाईनलमा पुगेका छन् । महिला ५४ केजीमा आर्मीकी मिनु गुरुङ र एपीएफकी निता गोसाईले अन्तिम चारमा स्थान बनाए ।

महिला ५७ केजीमा नक्शालकी कुसुम तामाङले सेमिफाईनलमा स्थान बनाईन् । महिला ६४ केजीतर्फ आर्मीकी बिनिता थापामगरले सेमिफाईनलको यात्रा तय गरिन् ।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा, एपीएफका आस तामाङ, प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन् ।

पुरुष ५२ केजीमा चितवानका ओम परियार,आर्मीका बिकास राई,डोलबहादुर चौधरी र एपीएफका बिकास परियारले अन्तिम चारमा स्थान बनाए । पुरुष ५६ केजीमा झापाका जितेन्द्र राई,सुरेन्द्र राई,कास्कीका दिनेश बानिया र एपीएफका पुरन राईले सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

पुरुष ६० केजीमा कन्चनपुरका रामवहादुर थापा, झापाका प्रकाश लिम्बु इजम, आर्मीका दानबहादुर दलामी र नक्सालका किशोर शर्माले सेमिफाईनलमा स्थान बनाए ।

पुरुष ६४ केजीमा आर्मीका नरेश थापा, बुद्धिसागर गुरुङ, एपीएफका सोनम कार्की र झापाका अभिनय राईले अन्तिम चारमा स्थान पक्का गरेका छन् । पुरुष ६९ केजीमा आर्मीका रबि सुनार, सन्जित ब्यान्जु, काठमाडौंका सरियान्स प्रजापति र कास्कीका हेमराज राउतले सेमिफाईनलमा स्थान बनाएका छन् ।

पुरुष ७५ केजीमा बानुजका कौशलजंग थापा, आर्मीका लाल आलेमागर, किरणराज शाही र झापाका प्रेम गुरुङले सेमिफाईलमा स्थान बनाएका छन् । पुरुष ८१ केजीमा कास्कीका दिपक सुनुवार, टिकाथलीका रविन्द्र घिमिरे र आर्मीका भुपेन्द्र सिंहले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...