विश्वककप महाभेला : कुन महादेशबाट कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?

Football

काठमाडौं । फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा बिहीबारसम्म पहिलो चरणको खेलहरु भए । पहिलो चरणमा युरोपियन राष्ट्रको दवदवा रह्यो ।

रुसमा जारी खेलको पहिलो चरणमा १६ राष्ट्रले रुस विश्वकपको यात्रालाई पूर्णविराम लगाउँदै घर फर्किएका छन् । अफ्रिकन राष्ट्र मध्येबाट भने कुनै टोली पनि नकआउट चरणमा प्रवेश गर्न सकेनन् ।

सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन् । रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफलमध्ये १० युरोपेली राष्ट्र रहेका छन् भने ४ दक्षिण अमेरिकी राष्ट्र रहेका छन् ।

एसिया र उत्तर अमेरिकाबाट एक–एक राष्ट्रले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।

विश्वकपमा २० संस्मरण मध्ये हालसम्म युरोपेली टोलीले ११ र दक्षिण अमेरिकी टोलीले ९ पटक उपाधि जितेका छन् । अन्य महादेशका राष्टले हालसम्म फिफा विश्वकपको उपाधि हात पार्न सकेका छैनन् ।

युरोप

सहभागी राष्ट्र : १४
छनोट भएका राष्ट्र
रुस, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विट्जरल्याण्ड, स्वीडेन, बेल्जियम, इङ्ल्याण्ड 
बाहिरिने : आइसल्याण्ड, सर्बिया, जर्मनी, पोल्याण्ड

दक्षिण अमेरिका
सहभागी राष्ट्र : ५
छनोट राष्ट्र
उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया
बाहिरिने : पेरु

एसिया
सहभागी राष्ट्र : ५
छनोट राष्ट्र : जापान
बाहिरिने : साउदी अबर, इरान, दक्षिण कोरिया अष्ट्रेलिया

उत्तर र मध्य अमेरिका
सहभागी राष्ट्र : ३
छनोट राष्ट्र : मेक्सिको
बाहिरिने : पानामा, कोस्टारिका

अफ्रिका
सहभागी राष्ट्र : ५
छनोट राष्ट्र : 0 
बाहिरिने : इजिप्ट, मोरोक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...