डिफेन्डिङ च्याम्पियन जर्मनीलाई लाग्यो धक्का, समुह चरणबाटै बाहिरियो, स्वीडेन र मेक्सिको नकाउट चरणमा

Korea jarmani khel

काठमाडौं । २०१८ फिफा विश्वकप प्रतियोगितामा दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनीलाई ठूलो धक्का लागेको छ ।

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २–० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो । यो सँगै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको थियो । किम योङगवनले इन्जुरी टाइमको तेस्रो तथा एच सनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए ।

जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा जर्मनीले स्विडेनलाई पराजित गरेको थियो ।

अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध ३ गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे ।

पहिलो खेलमा मेक्सिकोसँग हारेको जर्मनीले दोस्रो खेलमा स्वीडेनलाई २–१ ले हराएको थियो । समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरियाबाहेक तीनै टिमको सम्भावना थियो ।

खेलमा स्विडेनले मेक्सिकोलाई ३–० गोलले पराजित गर्दा पनि जर्मनीलाई घाटा पर्‍यो । स्विडेनका जितमा अगुटसनले ५० र गानभिस्टले ६५ मिनेटमा गोल गरेका थिए । यस्तै ७४ मिनेटमा मेक्सिकोका अल्भेजले आफ्नै पोस्टमा गोल गरेपछि स्विडेन ३–० ले अघि बढेको थियो।

समूहमा ६ अंक जोडेको स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो । ६ अंक नै जोडेको मेक्सिको समूह उपविजेताको रुपमा नकआउट चरणमा पुग्यो । कोरिया ३ अंक जोड्दै तेस्रो र जर्मनी ३ अंक नै जोडेर चौथो स्थानमा रहदाँ समूह चरणबाट बाहिरिए।

प्रतिकृया दिनुहोस