असोजमा राष्ट्रिय लोक दोहोरी गीत अवार्ड हुने

Dohori geet  award

काठमाडौं । आगामी असोजमा लोक दोहोरी गीतको अवार्ड हुने भएको छ । पछिल्लो समय बिभिन्न अवार्डहरुको आयोजना हुँदै गर्दा लोक तथा दोहोरी गीतको बिधामा काम गर्दै आएका कलाकारहरुका लागि यो अवार्ड आयोजना हुन लागेको हो ।

६ वर्षदेखि निरन्तर रुपमा लोक दोहोरी अवार्ड सम्पन्न हुँदै आएको छ । यस अवार्डमा ५ वटा सम्मानका बिधा सहित २१ बिधालाई समावेश गरिने बताइएको छ ।

लोक तथा दोहोरी गीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनको निम्ति अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराकासाथ २०६९ बाट आयोजना हुँदै आएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंका अध्यक्ष पिएन सापकोटाले अवार्ड भब्य र सब्य तरिकाले सम्पन्न गरिने बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा आउँदो असोजमा सम्पन्न हुने यस ‘छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०७५’का लागी फारम खुल्ला गरिएको राजधानीका बिभिन्न ठाउँमा फारम उपलब्ध गराइने छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले अन्य अवार्डमा जस्तो यस अवार्ड किनबेच नहुने जानकारी गराए । ‘अन्य अवार्डमा के हुन्छन् त्यो हामी जान्दैनौं र सरोकार पनि राख्दैनौं’ उनले भने, ‘तर यो अवार्डमा यदि कसैले पैसा लिएर अवार्ड बेचेको किनेको थाहा पाउनुभएछ भने प्रमाण देखाउनुहोला, अवार्ड नै बहिष्कार गर्नेछौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...