‘अनुराग’ की नायीका परिन् दुर्घटनामा

Alizaa gautam

काठमाडौं । चलचित्र ‘अनुराग’ की नायीका एलिजा गौतम मोटर साइकल दुर्घटनामा परेकी छन् ।

काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाँदै गर्दा दिउँसो ४ बजे उनी दुर्घटनामा परेकी हुन् । बा९२प ९०७२ नम्बरको मोटरसाइकलमा दुर्घटनामा परेकी गौतमको धापासीस्थित ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा उपचार भइरहेको छ ।

सुजन आचार्यले चलाएको सो मोटर साइकल बाटोकाट्ने क्रममा दुर्घटनमा परेको थियो ।

गौतम अभिनित चलचित्र ‘अनुराग’ आउँदो साउन २५ मा प्रदर्शनमा आउँदैछ । नवनायीका गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् । गौतमले आफ्नै होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘अनुराग’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...