विश्वकप यात्रा : को को बाहिरिए, को को पुगे अन्तिम १६ मा ?

Fifa cup rus

काठमाडौं । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र डेनमार्क जारी विश्वकप फुटवलको नकआउट चरणमा प्रवेश गरेका छन् । पेरुसहित अष्ट्रेलिया पहिलो चरणबाटै बाहिरिएको छ ।
नकआउट चरणमा को हुनेछन् प्रतिस्पर्धी समूह डी र समूह सी का विजेता र उपविजेताबीच नकआउट चरणमा प्रतिस्पर्धा हुनेछ ।

विश्वकपमा अहिलेसम्म २२ टिमको यात्रा तय भएको छ । अब दोस्रो चरण पुग्ने दौडमा १० टिम रहेका छन् । १० मध्ये ६ टिम दोस्रो चरणमा पुग्नेछन् । चार टिम बाहिरिनेछन् ।

समूह ‘इ’ मा ब्राजिल, स्विट्जरल्यान्ड र सर्विया मध्ये २ टिम अन्तिम १६ मा पुग्नेछन् । यस्तै समूह ‘एफ’ मा मेक्सिको, जर्मनी, स्विडेन र दक्षिण कोरियामध्ये २ टिम अन्तिम १६ मा पुग्नेछन् भने २ टिम बाहिरिनेछन् । समूह ‘एच’ मा जापान, सेनेगल र कोलम्बियामध्ये २ टिम नकआउट चरणमा पुग्नेछन् ।

अन्तिम १६ मा पुगेका टिमहरुमा रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, बेल्जियम, इंग्ल्यान्ड छन् । साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, पानामा, ट्युनिसिया र पोल्यान्ड समुह चरणबाट बाहिरिएको छ ।

नाइजेरियाको सुखद यात्रा
समूह ‘डी’ बाट अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिना २–१ ले नाइजेरियासँग विजयी बनेको हो । कप्तान लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने प्रतिस्पर्धी नाइजेरियाका भिक्टर मोसेसले बराबरी गोल गरेका थिए ।

नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा परीणत गरेका थिए । अर्जेन्टिनाका लागि मार्कोस रोजोले ८६ औँ मिनेटमा विजयी गोल गरेका थिए । लियोनल मेसी खेलको म्यान अफ द म्याच बनेका थिए ।

अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेश गर्न महत्वपूर्ण मानिएको क्रोएसिया र आइसल्यान्डबीचको खेलमा क्रोएसियाले बाजी मारेको छ । क्रोएसियाले आइसल्यान्डलाई २–१ ले पराजित गरेको थियो । क्रोएसियाका लागि खेलको म्यान अफ द म्याच समेत बनेका मिलन बदेलेजले ५३ औँ र इभान पेरिसिकले ९०औँ मिनेटमा गोल गरेका थिए ।

आइसल्यान्डका लागि गोल्फी सिगुर्सनले ७६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । समूह ‘डी’ को अन्तिम खेलमा पराजय बेहोरेका नाइजेरिया र आइसल्यान्ड विश्वकपबाट बाहिरिएका छन् भने क्रोएसिया समूह चरणमा सबै खेल जित्दै समूह विजेता बनेको छ भने अर्जेन्टिनाले एक खेलमा जीत, एक बराबरी र एकमा पराजय बेहोर्दै समूहको उपविजेता बनेर अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...