यी नायीकालाई कसले दियो दबावपूर्ण धम्की ? यस्तो छ कारण

Sukumaya tamang

काठमाडौं । आजभोली सामाजिक सञ्जालमा पोष्ट गरिएका कुराहरुले मानिसलाई झन्झट दिन थालेको छ । यस्तै झन्झट बेहोर्न थालेकी छन् नायीका सुकुमाया तामाङले ।

उनले केही समयअघि सगरमाथा आरोहणसम्बन्धी सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा दबाबमुलक धम्की खेप्नुपरेको छ । उनले शर्मिला स्याङताङले सफलरुपमा सगरमाथा आरोहण गर्न नसकेको विषयमा स्टाटस पोष्ट गरेकी थिइन् ।

विश्व शान्तिका अग्रदुत ‘गौतम बुद्ध नेपालमै जन्मिएका हुन’ भन्ने मुल नाराका साथ १ अप्रिल, २०१८ मा छोकी शेर्पा र शर्मिला स्याङ्तान तामाङ सगरमाथा आरोहरणमा गएका थिए । छोकी शेर्पाले १६ मे, २०१८ मा सगरमाथा आरोहण गरेकी थिइन् । तर, शर्मिला स्याङतानले भने शारिरीक अस्वस्थताका कारण बीचमै अभियान छोडेकी थिइन् । सो कुरा विभिन्न सञ्चारमाध्यममा पनि सार्वजनिक भएको थियो ।

‘केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा अनर्गल प्रचारवाजीले अभियानमा नै धब्बा लगाएकोमा विश्वसामू लज्जित हुनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने मेरो चाहना हो’ नायीका तामाङले भनिन्, ‘शर्मिला स्याङतानले सगरमाथा सफल आरोहरण गरेकी होईनन् भन्ने आधिकारीक कुराहरु थाहा पाएपछि यो त गलत भयो, त्यसैले गलत सूचना प्रवाह गर्नुहुँदैन भन्ने आसयले स्टाटस लेखेकी थिएँ ।

उनले सोही स्टाटसलाई व्यक्तिगत रिसिईभि बनाई अर्नगल प्रचार गरिएको र आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । मंगलबार पत्रकार सम्मेलन नै गरेर उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दा दबावपूर्ण धम्की खेप्नुपरेको गुनासो पोखिन् ।

शर्मिला तामाङले आफूप्रति व्यक्तिगत पूर्वाग्रह राखी उक्त अभियानको लागि उठाईएको रकमबाट १५ प्रतिशत आर्थिक फाईदा लिन खोजेको भनेर आफूमाथि लगाइएको आरोप मिथ्या रहेको स्पष्ट पारेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...