अनमोल केसी बने ‘क्याप्स’ ब्राण्ड एम्बेसडर

Anmol kc

काठमाडौं । पछिल्लो समय युवा पुस्ताले अत्याधिक रुचाइएका अभिनेता अनमोल केसी ‘क्याप्स’ ब्राण्डको लुगाको एम्बेस्डर बनेका छन् ।

सो क्याप्स ब्राण्डको लुगाको एम्बास्डर बन्दा केसीले १५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । उनी १ वर्षसम्म सो ब्राण्डको एम्बास्डर बनेका हुन् ।

‘क्याप्टेन’ फिल्मको सुटिङमै पुगेर शनिबार मात्रै ‘क्याप्स’ ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्रपंतिको अभिनेता भएकाले अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताएका छन् ।

पछिल्लो पटक बजारमा आएको छोटो समयमा नै लोकप्रिय बनेको नेपाली ब्राण्ड ‘क्याप्स’ले काठमाडौंसहित नेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुरलगायत देशका ५० बढी स्टोरहरुमा आफ्नो उपस्थिती जनाइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...