नेपाली तेक्वान्डो प्रशिक्षक टोली दक्षिण कोरियामा

Tekwando koria

काठमाडौं । नेपाली तेक्वान्दोलाई थप दक्ष बनाउन दक्षिण कोरिया पुगेको नेपाली तेक्वान्डो प्रशिक्षकले प्रशिक्षण लिइरहेका छन् ।

प्रशिक्षक मोहन विश्वकर्माको नेतृत्वमा जेठ २९ मा दक्षिण कोरिया गएको सो टोलीमा अशोक खड्का, तिलक लामा, दिल गुरुङ, पर्शुनारायण बोहोरा, जितेन मेचे, भुवन थापा र कर्ण बोहरा छन् ।

उनीहरु दक्षिण कोरियोको मुजु शहरमा कोरियाली सरकारको सहयोग र विश्व तेक्वान्दो महासंघको आयोजनामा जुन १४ देखि २९ सम्म ‘वल्र्ड तेक्वान्दो पार्टनरसिप कार्यक्रम’ मा सहभागी हुन दक्षिण कोरिया गएका थिए ।

उनीहरुले ‘वल्र्ड तेक्वान्दो पार्टनरसिप कार्यक्रम’ सहभागी भई नेपाली प्रशिक्षहरुले त्यहाँ खेल व्यवस्थापनमा विश्व स्तरको ज्ञान आर्जन गरिरहेका छन् । ‘वल्र्ड तेक्वान्दो पार्टनरसिप कार्यक्रम’ मा विश्वबाट तेक्वान्दो खेलका प्रशिक्षकहरुको सहभागिता रहेको छ ।

उत्कृष्ठ प्रशिक्षकरुबाट तेक्वान्डो तेक्वान्दो एवं खेल व्यवस्थापन र खेल विज्ञानका सम्बन्धमा विश्वस्तरीय प्रशिक्षक र विश्व विजेता खेलाडीहरुले प्रशिक्षण दिएको प्रशिक्षक मोहन विश्वकर्माले बताए ।

प्रतिकृया दिनुहोस