कोलम्बियाको शानदार जित, पोल्याण्ड ३ गोलले पराजित

Kolambiya khel

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा कोलम्बियाले शानदार जित हात पारेको छ । जितसँगै समूह एचमा कोलम्बियाले ३ अंक जोडेको छ ।

शनिबार राति भएको खेलमा कोलम्बियाले पोल्याण्डलाई ३–० गोल अन्तरले हराउँदै शानदार जित हात पारेको हो । कजान एरिनामा कोलम्बियालाई जित दिलाउन यरी मिना, कप्तान राडमेल फाल्काओ र जुवान काउड्राडोले समान एक एक गोल गरे ।

खेलको ४० औं मिनेटमा मिनाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका । उनले हेडबाट उकृष्ट गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको कोलम्बियाले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको ७० औं मिनेटमा फाल्काओले गोल गर्दै कोलम्बियालाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा काउड्राडोले गोल गर्दै कोलम्बियालाई ३–० को महत्वपूर्ण जित दिलाए । पोल्याण्डले खेलमा केहि राम्रो आक्रमण गरे पनि गोल निकाल्न नसक्दा कोलम्बियासँग स्तब्ध बनेको हो ।

कोलम्बियाको दोस्रो चरण पुग्ने सम्भावना कायम रहेको छ । लगातार दुई खेल गुमाएको पोल्याण्ड भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको पहिलो खेलमा पोल्याण्ड सेनेगलसंग २–१ ले पराजित भएको थियो । कोलम्बिया पहिलो खेलमा जापानसंग २–१ ले पराजित भएको थियो । यो समूहमा जापान र सेनेगलको समान ४/४ अंक रहेको छ । दुवैको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...