ब्लड क्यान्सर पीडितलाई भाहवद्धारा आर्थिक सहयोग प्रदान

Blod cancer pidit help

काठमाडौं । बिश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड फाउण्डेसन (भाहफ) ले ब्लड क्यान्सरका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

फाउण्डेसनले उदयपुरको ठोक्सिला –४ रामपुर घर भई काठमाडौंको महराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत राजन शदासंकरलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

फाउण्डेसनको मलेसियामा रहेका सक्रिय सदस्यहरुले संकलन गरेको सो रकम आइतवार शिक्षण अस्पतालमा फाउण्डेसनका नेपाल सदस्य शम्भु रसाइली लगायतले हस्तान्तरण गरेको संस्थाका नेपाल संयोजक राजन लोहनीले बताए ।

बिश्वकर्मा हेल्पिङ ह्याड अराउण्ड द वर्ल्ड फाउण्डेसनका संस्थापक अध्यक्ष कृष्ण गहतराजको पहलमा मलेसियामा क्रियाशील रहेका सदस्यहरुले सो रकम संकलन गरेका थिए ।

प्रतिकृया दिनुहोस