‘एक्स्ट्रा माया’ ले जित्यो दर्शकको मन

Astra maya film

काठमाडौं । शुक्रबारबाट चलचित्र ‘एक्स्ट्रा माया’ र ‘तिमी छौ जहाँ’ प्रदर्शनमा आए । यी दुबै चलचित्रले खासै प्रचारप्रसारमा ध्यान दिएनन् । तथापि चलचित्र ‘एक्स्ट्रा माया’ हेर्न दर्शकहरुको घुइँचो नै लाग्यो ।

प्रदर्शनकै पहिलो दिन दर्शकको माया पाएको ‘एक्स्ट्रा माया’ ले शनिबार पनि उत्तिकै दर्शकको माया पाएको छ । राजधानीका अधिकांशहरुमा चलचित्र एक्स्टा माया हेर्नेको भीड बाक्लो छ ।

गोपिकृष्ण, बाराही, अष्टनारायण, कलंकी, गर्जुधारा, गुण लगायतका हलहरुमा चलचित्र ‘एक्स्ट्रा माया’ चलिरहेको छ । पहिलो दिन राम्रै दर्शक पाएको ‘एक्स्ट्रा माया’ शनिवार पनि राम्रो दर्शक पाएको छ ।

नाम नै एक्स्ट्रा, कथा नै एक्स्ट्रा भएकाले हलसम्मद र्शक तानिएका हुन् । अधिकांस युवायुवतीहरुले चलचित्रको प्रशंसासमेत गरे । देशदेखि बिदेशको कथा समेटिएको र युवा टार्गेट रहेको तथा लव एण्ड कमेडी भएका कारण फिल्म सकिएको पत्तो नहुने यसका निर्माता कमल फुँयाल बताउँछन् ।

चलचित्र ‘एक्स्ट्रा माया’मा अर्जुन खडका, सुस्मिता बुर्लाकोटी, यमन माझी, सनी सुनार, कमल केआर, शोभा भण्डारी, सृष्टि भण्डारी, सरिता लामा लगायतले अभिनय गरेका छन् ।

बाशु न्यौपानेको छायांकन रहेको चलचित्रलाई लेखन तथा निर्देशन सोम कुस्कु माझीले गरेका हुन् भने सहनिर्देशन सञ्चारकर्मी विवेक लोप्चनले गरेका हुन् ।

चलचित्रलाई सञ्चारकर्मी कमल फुयाल, राजेश खड्गी, कुमार सिलवाल र कमल केआरले निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...