अर्जेन्टिनाको लज्जास्पद हार, समहु चरणबाटै बाहिरिने खतरा

Messi 7

काठमाडौं । विश्वकप फुटबलमा लियोनल मेस्सीले नेतृत्व गरेको अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै अर्जेन्टिना चरणबाटै बाहिरिने खतरा बढेको छ ।

बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको हो । गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा मेस्सी मैदानमा कहिले यता त कहिले उता भौतारिरहेका थिए ।

दोसो हाफमा क्रोएसिया केही डिफेन्सिभ थियो । तर, पाएको मौकालाई सदुपयोग गर्यो । लुका मोडरिकले ८० औं मिनेटमा गोल गरे ।

सब्सिच्युटका रुपमा आएका गोन्जालो हिगुइन र डिबालाले पनि टिमलाई खेलमा फर्काउन सकेनन् । मेज्जाको प्रहारमा रिबाउन्स भएको बलमा मेस्सीले मौका पाएका थिए तर, विपक्षी गोलरक्षकले रोके ।

दोसो हाफमा क्रोएसिया केही डिफेन्सिभ थियो । तर, पाएको मौकालाई सदुपयोग गर्यो । लुका मोडरिकले ८० औं मिनेटमा गोल गरे ।

क्रोएसियाको जित पक्का भइसकेको थियो तर, इन्जुरी टाइममा इभान राकिटिकले गोल थप्दै अर्जेन्टिनाको सपनालाई चकनाचुर बनाइदिए ।

२०१८ फिफा विश्वकपको समूह ‘डी’ को खेलमा क्रोएसियासँग ३–० गोलले पराजित भएसँगै दुई पटकको विश्वविजेता अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरामा परेको छ ।

यता क्रोएसिया भने अन्तिम १६ मा पुगेको छ । क्रोएसिया भने समूह ‘डी’ बाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

समूह ‘डी’ मा नाइजेरिया र आइसल्यान्डबीच शुक्रबार खेल हुँदैछ । यो खेलमा आइसल्यान्डबीच विजयी भए साविक उपविजेता अर्जेन्टिना बाहिरिने खतरा हुन्छ । नाइजेरियाले जित हात पारेमात्र अर्जेन्टिनाको सम्भावना बढी हुनेछ ।

विश्वकपमा अहिलेसम्म समूह चरणमा ८ टिमको भाग्यको फैसला भएको छ । विश्वकपको अन्तिम १६ मा पुग्ने पछिल्लो टिम क्रोएसिया बन्यो ।

यसअघि समूह सीको खेलमा पेरुलाई १–० लाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको थियो। यता लगातार दोस्रो खेलमा हारसँगै पेरु भने बाहिरियो । पेरु बाहिरिने चौथो टिम बन्यो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...