आफ्नै जीवनमा आधारित पुस्तक लेख्दै मनिषा

Manisa

काठमाडौं । संजयदत्तको जीवनीमा आधारित फिल्म ‘संजू’को प्रमोसनमा व्यस्त रहेकी मनिषा कोईराला यतिबेला पुस्तक लेखनमा समेत लागेकी छन्।

क्यान्सरमाथि विजय पाएकी मनिषा पुस्तक लेखनमा सक्रिय भएको उनैले खुलासा गरेकी छन् । भारतीय मिडियालाई दिएको एक अन्तर्वार्तामा उनी स्वयंले आफू यतिबेला पुस्तक लेखनमा व्यस्त भएको खुलासा गरेकी हुन् ।

मनिषाले सो पुस्तक कहिले बजारमा आउँछ भन्नेबारे केही नबताए पनि पुस्तकको शीषर्क हिल्ड रहेको छ । मनिषाले सो पुस्तकमा आफ्नो जीवनको एउटा हिस्साबारे चर्चा गरिएको जनाउँदै उनले आफ्नो जीवनीमा आधारित फिल्मको बारेमा भने केही नसोचेको बताएकी छन् । ‘अहिलेसम्म मेरो बायोपिक बनाउनेबारे केही तय भएको छैन’ उनले भनेकी छन्, ‘यदि बायोपिक बन्यो भने आलियाले मेरो भूमिका निभाउन सक्छिन् ।’

संजयदत्तको जीवनीमा आधारित फिल्म ‘संजू’को प्रमोसनमा व्यस्त रहेकी मनिषा पुस्तक लेखनमा पनि ब्यस्त रहेकी हुन् । संजूमा उनले संजयदत्तकी आमा नगरिसको भूमिका निभाएकी छन् । संजू यही जुन २९ तारिखका दिन रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...