बराबरी भयो अस्ट्रेलिया र डेनमार्क

बराबरी खेल्दा अस्ट्रेलियाको अघिल्लो चरण पुग्ने सम्भावना कायमै

Austeiliya denmark barabari

काठमाडौं । २०१८ फिफा विश्वकपमा अस्ट्रेलिया र डेनमार्कले १–१ गोलको बराबरी खेलका छन् । बिहीबार भएको ‘सी’ को खेलमा बराबरी भएसँगै अस्ट्रेलियाको दोस्रो चरणमा पुग्ने आशा बाँकी रहेको छ ।

डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको खेलको सातौँ मिनेटमा नै अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले बराबरी गोल फर्काए ।

फ्रान्ससँग पहिलो खेल २–१ ले गुमाएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेसँगै अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १–० ले हराएको थियो ।

डेनमार्कका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि अस्ट्रेलियाले पेनाल्टी अपिल गरेको थियो । त्यसपछि भएको भिएआर रिभ्यूमा अस्ट्रेलियाले पेनाल्टी पायो । पेनाल्टीमा अस्ट्रेलियाका जेडिनाकले गोल गरे ।

दोस्रो हाफमा अस्ट्रेलिया खेलमा हाबी बनेको थियो । तर, म्याथ्यु लेकी तथा एन्ड्रियु नाबोटले राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । खेलमा ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको अस्ट्रेलियाले प्रहार गरेका १२ सटमा ३ वटा मात्रै पोस्टको दिशामा थिए । डेनमार्कले खेलमा ८ सट प्रहार गरेकोमा ४ वटा सट पोस्टको दिशामा थिए ।

डेनमार्क सन् २०१६ को अक्टोवर ११ मा मोन्टेनेग्रोसँग १–० ले पराजित भएपछि अहिलेसम्मका कुनै खेल हारेको छैन । डेनमार्कको अपराजित खेल यात्रा १७ पुगिसकेको छ । जसमा ९ खेल जितेको छ भने ८ खेल बराबरी भएको छ ।

समूह ‘सी’ कै अर्को खेलमा अहिले राति पौने ९ बजे पेरु र फ्रान्स खेल्दै छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...