पनामा पेपर्स –२ मा लिओनल मेस्सीको नाम

Messi khel

काठमाडौं । पनामा पेपर्स –२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ ।

पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेका छन् भन्ने खुलाउँदै आएको छ ।

मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नुपरेको थिएन ।

पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स –२ सार्वजनिक गरेको हो । त्यसमा चर्चित पुटबलर मेस्सीको नाम पनि समावेश छ ।

‘पनामा पेपर्स –२’ का अनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ । बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवामाथि स्पेनमा कर छलीको मुद्दा लागेको थियो ।

मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ ।

प्रतिकृया दिनुहोस