खोला, खोल्सा र सडक बेच्ने ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा

Akhitiyar

धादिङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोल्सीसमेत ३ सय रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

मुद्धा दायर भएकामा मालपोत, वन र नापी कार्यालयका खरिदार, नायब सुब्बा, शाखा अधिकृत र उपसचिवसमेत छन् ।

उनीहरुविरुद्ध ६५ करोड रुपैयाँ विगो कामय गरी मुद्धा दायर गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये केहीको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...