पोर्चुगललाई सुरुवाती अग्रता, ४ मिनेटमा रोनाल्डोले गरे पहिलो गोल

Ronaldo gol 5

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बि’ को खेलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको छ । पोर्चुगलका लागि कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै १–० गोलको अग्रता दिलाएका हुन् ।

विश्वकप २०१८ अन्र्तगतको जारी खेलको पहिलो हाफमा पोर्चुगलले मोरक्को विरुद्ध एक गोल गरेको छ । पोर्चुगलका लागि खेलको ४ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका हुन् ।

खेलको चौथो मिनेटमा नै रोनाल्डोले कर्नरबाट आएको बललाई हेडबाट गोल गरेका हुन् । नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउन पनि दुबै टिमलाई जित्नै पर्ने दबाब छ ।

पोर्चुगल र मोरक्को बीचको खेलको ४८ मिनेटसम्म जम्मा १९ फल पटक फल भएको छ । जसमा पोर्चसगलले ८ फल गरेको छ भने मोरक्कोले ११ फल गरेको छ ।

यसअघि समूह चरणको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग ३–३ गोलको बराबरी खेलेको थियो । यता, मोरक्कोले भने इरानसँग १–० गोलको हार ब्यहोरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...