बोक्सी निकाल्ने भन्दै धामीले फलाम तताएर यसरी डामियो सरिता दर्जीलाई

Sarita dargi 21 234x300

रामेछाप । बोक्सी निकाल्ने भन्दै २६ बर्षिय सरिता दर्जीलाई धामी भनिने रवीन्द्र नेवारले फलाम तताएर डामेका छन् ।

रामेछापको लिखु गाउँपालिका १ दुरागाउँकी दर्जीलाई ओखलढुंगा लिखु गाउँपालिका –२ रगनीका ३५ वर्षिय धामी रविन्द्र नेवारले बोक्सीले दुःख दिएकोले बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामेका हुन् ।

पीडित महिलाले धामीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता गराएकी छन् । पेटको रोगको समस्या भएकी ती महिला उपचारको लागि काठमाडौँ गएकी थिइन् । काठमाडौँमा उनका नन्देभाइ नाता पर्ने नेवारले यो धामीले निको पार्ने रोग हो भन्दै आफुसँगै काठमाडौँबाट धामी बस्ने भनेर विरामीलाई घरमा लिएर आएका थिए ।

उनकै घरमा गत जेठ २४ गते धामी बस्ने क्रममा उनले बोक्सी निकाल्ने भनेर सिस्नो पानी लगाउनुको साथै तातो फलामले डामेका थिए । उनको गालामा डाम बसेको छ ।

घटनापछि फारर भएको नेवारलाई प्रहरीले मंगलबारै काठमाडौँबाट पक्राउ गरेको छ । घटनामा सहयोग गरेको आरोपमा नेवारकी पत्नी, स्थानीय दीपक दर्जी, राजन पौडेल र गोहित सार्कीलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाले बताए ।

प्रतिकृया दिनुहोस