विश्वकप फुटबलमाथि नेपाली फिल्म

Football

काठमाडौ‌ । अहिले संसारभर विश्वकप फुटबलको रौनक छ । त्यसबाट नेपाल पनि अछुतो रहने कुरै भएन । 

नेपालमा फुटबलको क्रेज कति छ भन्ने कुरा फुटबललाई नै आधार बनाएर फिल्म बनाएबाट पनि स्पष्ट हुन्छ ।

नेपालले विश्वकप खेल्न अझै लामो यात्रा गर्नु पर्ने भए पनि विश्वकपलाई नै आधार बनाएर २०६७ मा एउटा फिल्म बनेको छ ‘फिफा वल्र्ड कप इन नेपाल’ ।

रामशरण पाठकले आफ्नै कथामा फिल्मको निर्देशन गरेका छन् । फिल्ममा अखिल नेपाल फुटबल संघ (एन्फा) का खेलाडी पनि थिए। फिल्मकै माध्यमबाट वल्र्डकप खेल्न प्रोत्साहन गरिएको थियो।

त्यस्तै भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘सुनकली’ पनि फुटबलमाथि बनेको फिल्म हो ।

फुटबललाई नै आधार मानेर निर्माण भइरहेको अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ अहिले छायांकनको चरणमा छ । त्यस्तै विश्वकपलाई नै आधार बनाएर विश्वमा दर्जनौं फिल्म बनेका छन्।

प्रतिकृया दिनुहोस