विश्वकप फुटबलः रसिया र सेनेगलको सनसनीपुर्ण जित

Senegal

काठमाडौं । मंगलबार भएको खेलमा रसियाले इजिप्टलार्इ ३–१ गोलअन्तरले पराजित गरेको छ । दोस्रो खेलमा इजिप्टलार्इ पराजित गरेपछि रसिया विश्वकपको अन्तिम १६ को नजिक पुगेको छ।

उद्घाटन खेलमा रसियाले साउदी अरेबियालार्इ ५–० गोलअन्तरले पराजित गरेको थियो। इजिप्टको भने यो लगातार दोस्रो हार हो। यसअघि उ उरुग्वेसँग १–० गोलअन्तरले पराजित भएको थियो।

रसियाले ४७अौं मिनेटमा इजिप्टका अहमद फादीको आत्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो। रोमन जोबनिनको सटमा फादीले आफ्नै पोस्टमा गोल गरेका थिए।

मारिया फर्नान्डेजको पासमा ५९अौं मिनेटमा डेनिस चेरिसेभले दोस्रो तथा ६२अौं मिनेटमा अर्टिम ड्ज्युबाले रसियाका लागि तेस्रो गोल गरेका थिए।

गत मे अन्तिम हप्ता भएको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका मोहम्मद सलाह पहिलो चोटी मैदान उत्रेका थिए। उनले पेनाल्टीमार्फत इजिप्टका लागि ७३अौं मिनेटमा गोल गरेपनि त्यो प्रर्याप्त भएन।

मोहम्मद सलाह इजिप्टका लागि विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन। यसअघि १९३४ मा अब्दिलरहमेन फाउजीले २ तथा १९९० मा म्याग्दी इल घानीले एक गोल गरेका थिए।

बुधबारको खेलमा साउदी अरेबियाले उरुग्वेलार्इ पराजित गरेमा रसिया अन्तिम १६ मा प्रवेश गर्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ।

रसियाले १९९६ पछि पहिलो पटक विश्वकपमा लगातार सुरुवाती २ खेल जितेको हो। सुरुवाती २ खेलमा ८ गोल गर्ने कीर्तिमानको बराबरी आयोजकका नाताले रसियाले इटालीसँग गरेको छ। १९३४ मा इटालीले विश्वकप आयोजना गर्दा सुरुवाती २ खेलमा ८ गोल गरेको थियो।

पछिल्लो पटक २००२ र २०१४ को विश्वकप खेलेको रसियाले दुबै विश्वकपमा जम्मा ६ गोलमात्रै गर्न सकेको थियो तर यस विश्वकपमा भने २ वटा खेलमै त्यसलार्इ उछिनेको छ।

१६ वर्षपछि सेनेगलको जित
यता मंगलबार नै भएको अर्को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई पराजित गरेको छ।

सनसनीपूर्ण खेलमा सेनेगलले पोल्यान्डलाई २—१ ले पराजित गरेको हो। सेनेगलले १६ वर्षपछि विश्वकपको पहिलो खेलमा जित हात पारेको हो। सन् २००२ विश्वकपको पहिलो खेलमा सेनेगलले तत्कालीन डिफेन्डिंग च्याम्पियन फ्रान्सलाइ हराउँदै सनसनी मच्चाएको थियो।

मंगलबार राति भएको खेलमा ३७ औं मिनेटमा पोल्यान्डका खेलाडीले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता लिएको थियो। पोल्यान्डका खेलाडी थियागो सियाकोनेकले ३७ औं मिनेटमा आफ्नै गोल पोष्टमा बल छिराएका हुन्। मध्यभागतिरबाट आएको बल सेनेगलका इदिरसा गेयियले पोल्यान्डको पोष्टतर्फ लक्षित गरी आफ्ना साथीतर्फ अघि बढाएका थिए। कडा प्रहारमा आएको सो बललाइ नरोकी साथीतर्फ बढाउन खोज्दा उनको खुट्टाबाट गएको बल गोल पोष्टमा छिरेको थियो।

आत्माघाती गोलका कारण पहिलो हाफसम्म सेनेगल १—० ले अग्रताको अवस्थामा रह्यो। ६० औं मिनेटमा सेनेगलका नियांगले गोल गर्दै खेललाइ २–० को अवस्थामा पुर्याए। ८५ औं मिनेटमा ग्रेजोराज क्र्याचुविकले पोल्यान्डका लागि सान्त्वना गोल फर्काए पनि युरोपेली टोली खेलमा फर्किन सकेन।

यसअघि १६ औं मिनेटमा सेनेगलका नेइमार अर्थात् २० वर्षे इस्माइला सारले पेनाल्टी अपिल गरेका थिए। पोल्यान्डको गोलपोस्ट नजिक पोलिस मिडफिल्डरले धकेलेपछि उनले त्यसविरुद्ध पेनाल्टी अपिल गरेका थिए। तर बहराइनका रेफ्रीले दिएनन्।

९० मिनेटको प्रतिस्पर्धामा पोल्यान्ड हाबी भए पनि जितका लागि चाहिने गोल गर्न भने चुक्यो। गोल पोसेसनमा पोल्यान्ड ६१ को स्थितिमा रह्यो भने सेनेगल ३९ मा रह्यो। समूह एचमा जापान र सेनेगल ३–३ अंकसहित अगाडि देखिएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...