कोलम्बियासँग बदला लियो जापानले

Japan ko jit 5

काठमाडौं । एसियाली राष्ट्र जापानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै जापानले विश्वकपमा विजयी सुरुवात गरेको हो ।

कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो ।

जापानका स्निजी कागावाले छैठौं मिनेटमा पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।

कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...