विश्वकपः इङ्ल्यान्डको विजयी सुरुवात, स्वीडेनले दक्षिण कोरियालाई जित्यो

World cup 4

काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा ट्युनिसियालाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।

भोल्बोग्राड स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन दुवै गोल कप्तान ह्यारी केनले गरे । ट्युनिसियाका लागि फेर्जानी ससीले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ११ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा ट्युनिसियाका फेर्जानी ससीको पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

ट्युनिसियाका युसुफलाई इंग्ल्यान्डका वाल्करले डिबक्समा लडाएपछि ट्युनिसियाले पेनाल्टी पाएको थियो । जसमा ससीले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा दृश्यमा आए कप्तान केन । इन्जुरी समयको पहिलो मिनेट केनले हेड गोल गर्दै इंग्ल्यान्डलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै इंग्ल्यान्ड समूह जीको इंग्ल्यान्डले ३ अंक जोडेको छ । यो समूहबाट बेल्जियमले पनि विजयी सुरुवात गरेको छ ।

स्वीडेनले दक्षिण कोरियालाई जित्यो

विश्वकप फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरिया स्वीडेनसँग पराजित भएको छ । खेलको ६५ औं मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै स्वीडेनले दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो ।

यसअघि मैत्रीपूर्ण २ खेल बराबरी भएपनि विश्वकपमा यी दुई देश पहिलो पटक भिडेका हुन् ।

स्वीडेनलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा ६५ औं मिनेटमा आन्द्रेस ग्रानभिस्टले गोल गरे । कोरियाका खेलाडीले डिबक्समा लडाएपछि स्वीडेनले ऐतिहासिक जित निकाल्ने मौका पाएको हो ।

समूह एफकै पहिलो खेलमा मेक्सिकोले साविक विजेता जर्मनीलाई पराजित गर्दै तीन अंक बटुलेको छ ।

स्वीडेन १२ वर्षपछि विश्वकपमा छनोट भएको हो । उसले अन्तिम पटक सन् २००६ मा विश्वकप खेलेको थियो।

करिब डेढ दशक स्वीडेनको फुटबलका आकर्षण बनेका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको अभावमा पनि टोलीले जीत दर्ता गरेको हो ।

इब्राहिमोभिचले सन् २०१६ मा सन्याश लिएका थिए। त्यसअघि उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।

सन् १९५८ को विश्वकपमा फाइनल पुगेको स्वीडेन त्यसपछि सन् १९९४ को विश्वकपमा मात्र सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता विश्व फुटबलमा उसको उपस्थिती बलियो रहन सकेको छैन ।

यता दक्षिण कोरिया लगातार नवौं पटक विश्वकप खेलेको हो ।

सन् २००२ मा घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेर सनसनी मच्चाएको दक्षिण कोरियाले त्यसयता यो प्रतियोगितामा प्रभावशाली देखिन सकेको छैन ।

दक्षिण कोरियाले पछिल्ला ८ वटा विश्वकप सहभागितामा केवल दुई पटक मात्र समूहगत चरण पार गर्न सकेको छ । उसले सन् २०१० को विश्वकपमा प्रिक्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...