युएईमा विश्वकर्मा समाजको बृहत प्रशिक्षण सम्पन्न

Bk samaj uae

युएई । विश्वकर्मा समाज नेपाल युएईको बृहत प्रशिक्षण एवं छलफल कार्यक्रम हालै सम्पन्न भएको छ ।

समाजको युएई दुबई क्षेत्रीय समिति र सारजाह क्षेत्रीय समितिको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा युएईमा रहेका विश्वकर्माहरुको सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाइएको छ ।

सो कार्यक्रममा दुबई क्षेत्रीय समितिका अध्यक्ष गगन बिक, सारजाह क्षेत्रीय समितिका अध्यक्ष बुद्ध बिश्वकर्मा, समाजका सह–संरक्षक बाबुराम बिश्वकर्मा, समाजका प्रबक्ता रोहन सुनार, केन्द्रीय सदस्य सुमी गहतराज लगायतले बोलेका थिए ।

केन्द्रिय सचिव गणेशकुमार रसाइलीले सन्चालन गरेको सो कार्यक्रममा दुबई क्षेत्रीय समिति र सारजाह क्षेत्रीय समितिका कार्यसमिति सदस्य लगायत दुबई र सारजाह क्षेत्रमा बसोबास गर्ने विश्वकर्माहरु सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस